ज्ञवालीको टिप्पणी- गठबन्धन ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्ने ध्याउन्नमा छ (भिडिओ) – Nepal Press

ज्ञवालीको टिप्पणी- गठबन्धन ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्ने ध्याउन्नमा छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तागठबन्धन देश र जनताको चिन्तामा नदेखिएको टिप्पणी गरेका छन् । भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसकेको उनको कटाक्ष छ ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा जारी पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्म ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्नमा पाँच दल अड्किएको बताए ।

‘अहिलेसम्म ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्नेमा लागेका छन् । उनीहरूलाई जनताको चिन्ता छैन, अछाममा बाढी आओस्, डेंगु आओस् एकरति आँसु नि झार्दैनन्’, ज्ञवालीले भने ।

भागबण्डा नमिलेर प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको उनको आरोप छ ।

‘हिजो सबैको लागि महान भएको प्रधानन्यायाधीश, के चाहिँ भागबण्डा मिलेन कुन्नी महाअभियोग लगाइयो । उनी अहिले पनि प्रधानन्यायाधीश नै हुन् देशको चौथो वरीयताको मान्छेको हालत यस्तो छ झन जनताको के होला ?, उनको प्रश्न थियो ।

स्थानीय चुनावको स्मरण गर्दै उनले आफू ठीक अरु बेठीक प्रवृत्ति बढेको बताए ।

‘टिकट बाँड्ने बेला पाए जित्नतिर लाग्छु नभए जिताउनतिर लाग्छु भन्ने अनि पछि चाहिँ टिकट पाए जित्नतिर लाग्छु अनि नपाए देखाउनतिर लाग्छु भन्ने गरेको पाइयो’, ज्ञवालीले भने ।


प्रतिक्रिया

One thought on “ज्ञवालीको टिप्पणी- गठबन्धन ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्ने ध्याउन्नमा छ (भिडिओ)

  1. गठबन्धन भारतीय दलालहरूको झुण्ड हो । यसको ध्यान केबल लुटेर खानेमा छ । यसलाई जनताको वास्ता छैन । श्रीमती, छोरी, ज्वाइँ, भाइ भतिजालाई पोस्नेमा यिनको ध्यान छ । पद र पैसा पाए देशै पनि बेच्छन यिनले । यस्ता दलालहरूलाई चुनावमा निमिट्यान्न पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर