संविधान दिवसमा २१ जनालाई आम माफी, ६८१ जनाको कैद मिनाहा – Nepal Press

संविधान दिवसमा २१ जनालाई आम माफी, ६८१ जनाको कैद मिनाहा

काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोषी ठहरिएका विभिन्न मुद्दाका २१ जनालाई आम माफी दिएकी छन् ।

आम माफी पाएकामध्ये १९ जना कैद जीवन बिइरहेका थिए । जेलभन्दा बाहिर रहेका २ जनाले पनि आम माफी पाएका छन् ।

गृहमन्त्रालयमा निवेदन दिएपछि त्यसलाई हेरेर राष्ट्रपतिले आममाफी दिने प्रचलन रहेको छ । यस्तै ६ सय ८१ जना कैदीले कैद मिनाहा पाएका छन् ।

५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीलाई असल चालचलन र मुद्धाको प्रकृतिका आधारमा राष्ट्रपतिले कैद मिनाहा गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । आममाफी पाएका तथा कैद मिनाहा भएका कैदीहरु सोमबार नै छुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर