महाभियोग समितिको प्रतिवेदनमाथि सुवास नेम्वाङको टिप्पणी : कथित प्रतिवेदन (भिडिओ) – Nepal Press

महाभियोग समितिको प्रतिवेदनमाथि सुवास नेम्वाङको टिप्पणी : कथित प्रतिवेदन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले महाभियोग छानबिनको प्रतिवेदनलाई ‘कथित प्रतिवेदन’ को संज्ञा दिएका छन् ।

सोमबार सिंहदरबारमा नेम्वाङले कसैसँग छलफल नगरी एकलौटी ढंगले तयार गरिएको समितिको प्रतिवेदन ‘कथित प्रतिवेदन’ भएको टिप्पणी गरेका हुन् । निलम्बित प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगका क्रममा समितिका सबै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।

नेम्वाङले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएका कारण प्रतिवेदन संदनमा पेश हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे । पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद भएको उनको भनाई छ । उनले गिरफ्तार गरेसरह सरकारले जबरालाई निवासमा राख्नु कानूनी मूल्यमान्यता बिपरित रहेको पनि बताए ।

त्यस्तै, नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसदको अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर