एमालेका अधिकांश शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने, रघुजी पन्तको नाम समानुपातिकमा
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तहका नेताहरु समानुपातिक सूचीमा समेटिएको वेला प्रमुख विपक्षी नेकपा एमालेका भने अधिकांश शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।
एमालेको समानुपातिकतर्फको बन्दसूचीमा सबैभन्दा वरिष्ठतम नेतामा स्थायी कमिटी सदस्य रघुजी पन्तमात्र परेका छन् । ललितपुरबाट दुईपटक चुनाव जितेका पन्त यसपटक काठमाडौंबाट उम्मेवारका आकांक्षी थिए ।
पन्तलाई समानुपातिकमा राखिएको र उनीभन्दा सिनियर तथा पार्टीका पदाधिकारी अधिकांश नेता प्रत्यक्षमै उम्मेदवार बन्ने तय भएको एक नेताले बताए । चुनाव नलड्ने केही नेताले चुनावको कमाण्ड गर्ने बताइएइको छ ।
अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई समानुपातिकमा बस्न आग्रह गरेका थिए । तर, शाक्यले अब आफू कुनै पनि चुनाव नलड्ने र पार्टीको जीतका लागि काम गर्ने जवाफ दिएको स्रोतले जनाएको छ ।