प्रेमगीत–३ बारे दिपकराजको टिप्पणीः अधिकार माग्नेले मिल्नेसम्म मागौं – Nepal Press

प्रेमगीत–३ बारे दिपकराजको टिप्पणीः अधिकार माग्नेले मिल्नेसम्म मागौं

काठमाडौं । अभिनेता तथा निर्माता दिपकराज गिरिले प्रेमगीत–३ को हिन्दी भर्सनलाई कर छुट मागिएकोप्रति सांकेतिक असन्तुष्टि जनाएका छन् । ‘अधिकार माग्नेले मिल्नेसम्म माग्नुपर्ने’ उनको टिप्पणी छ ।

फेसबुकमा स्टाटस लेख्दै गिरिले सो टिप्पणी गरेका हुन् । प्रेमगीत ३ ले नेपाली चलचित्रको बजारलाई विस्तारित गर्न लागेको भन्दै उनले बधाइ दिएका छन् ।

उनी लेख्छन्, ‘प्रेमगीत २ ले नेपाली बजारलाई विस्तारित गरेको छ । यसका लागि सम्पूर्ण टिम बधाइको पात्र छ । एउटै कुरा हो । अधिकार माग्नेले पनि मिल्नेसम्म मागौं । दिनले पनि मिल्नेसम्म सहयोग दिउँ । शुभकामना प्रेमगीत टिम ।’

आफ्नो स्टाटसमा आएका कमेन्टहरुर्लाइ गिरिले जवाफ पनि दिएका छन् । प्रेमगीतलाई धेरैको सपोर्ट भएपनि केही उच्छृंखल फ्यानहरुले जबरजस्ति यस्तो स्टाटस आउनुपथ्र्यो भन्दै वाहियात कमेन्ट गरिरहेको उनको गुनासो छ ।

‘यो मेरो वाल हो, शब्द मेरो हो, भावना मसँग छ । फ्यान नै यस्तो नकारात्मक भएपछि अरु कसरी सकारात्मक हुन्छन् ?अलि शिष्टता सिकौं,’ गिरिले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर