‘२ नम्बरी’को शीर्ष गीत तयार गर्ने भूषणले जिते ५० हजार – Nepal Press

‘२ नम्बरी’को शीर्ष गीत तयार गर्ने भूषणले जिते ५० हजार

काठमाडौं । रेड बर्ड प्रोडक्सनले तयार गरेको फिल्म ‘२ नम्बरी’ असोज २१ गते रिलिज हुँदैछ । यो फिल्मको शीर्ष गीतको लागि निर्माण पक्षले केही साता अगाडि प्रतियोगिता राखेको थियो ।

शीर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएको निर्माण पक्षले जनाएको छ । जसमध्ये भूषण खतिवडाले गीत उत्कृष्ट घोषित भएको छ । उनले ५० हजार नगद पुरस्कारसमेत जितेका छन् । भूषणको लेखेको गीत नै फिल्ममा प्रयोग हुने निर्माण पक्षले जनाएको छ । शीर्ष गीतमा भूषणकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेनलगायतको मुख्य भूमिका छ । फिल्मको टिजर र एउटा गीत सार्वजनिक भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर