लाल मोहम्मद हत्याकान्ड : अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा संयुक्त समिति गठन – Nepal Press

लाल मोहम्मद हत्याकान्ड : अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा संयुक्त समिति गठन

काठमाडौं । गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्याबारे अनुसन्धान गर्न एसएसपीको संयोजकत्वमा संयुक्त समिति गठन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिमा काठमाडौं प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अधिकृत पनि छन् । मोहम्मदको सोमबार साँझ गोठाटारस्थित आफ्नै फ्याक्ट्रिबाहिर गोली हानी हत्या भएको थियो । गोली हान्नेको खोजी भइरहेपनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न युनिटहरु आ-आफ्नै तरिकाले सक्रिय बनेपछि संयुक्त छानबिन समिति गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख रविन्द्रबहादुर धानुकले बताए ।

कुनै समय नक्कली भारतीय नोटको कारोबारसँग जोडिएको गोलीकान्डमा संलग्न रहेका मोहम्मदलाई अघिल्ला घटनाहरुमा झैँ भारतीय सुरक्षा एजेन्सीको योजनामा मारिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर