तिलोत्तमाका प्रमुखबाहेक रुपन्देहीका ३१ प्रमुख उपप्रमुख जरिवानामा – Nepal Press

तिलोत्तमाका प्रमुखबाहेक रुपन्देहीका ३१ प्रमुख उपप्रमुख जरिवानामा

रुपन्देही । चुनावी खर्च विवरण समयमा नबुझाएपछि रुपन्देहीको तिलोत्तमाका प्रमुखबाहेक सबै पालिकाका प्रमुख तथा उपप्रमुख जरिवानामा परेका छन् । बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयसहित जिल्लाका १५ पालिका प्रमुख तथा १६ उपप्रमुखले जरिवाना तिर्नुपर्न भएको छ ।

निर्वाचन आयोगले समय सीमाभित्र चुनावी खर्च विवरण नबुझाएको भन्दै बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयलाई ५ लाख ५० हजार, सैनामैना नगरपालिका मेयर फणेन्द्र शर्मा, सिद्धार्थनगर नगरपालिका इश्तियाक अहमद खाँ, देवदह नगरपालिका मेयर धु्रवप्रसाद खरेल, लुम्बिनी सांस्कृतिक नगरपालिका सजरुद्दिन मुसलमानलाई ४ लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ ।

यस्तै ओमसतिया गाउँपालिका, कंचन गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिकाका अध्यक्षलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

रुपन्देहीका ५ नगरपालिकामध्ये तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले मात्रै समय सीमाभित्रमा निर्वाचन खर्च विवरण बुझाएका थिए । खाँणका निकट प्रतिद्वन्द्वी मोहन चापागाईलाई पनि आयोगले समयमै निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने छ र सो समयभित्र जरिवाना नतिरे उनीहरुको पद जाने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको निर्वाचन आयोगले जनाएको छ । समय सीमाभित्रमा ८ हजार ६६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर