राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस
नेपाल प्रेस
२०७९ असोज ५ गते १७:५७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर