विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार – Nepal Press

विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार

काठमाडौं । विवेकशील साझा पार्टीले प्रवक्ताको जिम्मेवारी प्रकाशचन्द्र परियारलाई दिएको छ । बिहीबार उक्त पार्टीले परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको जनाएको हो ।

पार्टीको विधानको व्यवस्था बमोजिम परियारलाई प्रवक्ताको जिम्मेवारी दिइएको पार्टीकी अध्यक्ष समिक्षा बाँस्कोटाले जानकारी दिइन् । परियार विवेकशील साझा पार्टीका संस्थापक नेतामध्येका एक हुन् ।

पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार अहिले पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख पनि छन् ।

परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमासमेत क्रियाशील छन् । एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसञ्चारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियाबाट नेतृत्व विकासको तालिम लिएका छन् ।

परियार परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन् । सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिस राजनीतिमा नहोमिएसम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन । नेता परियार सुनसरी ईटहरीका स्थायी वासिन्दा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर