झापा-इलामको सीमामा भारी वर्षा, आसपासका खोला र नदीमा बाढीको जोखिम
नेपाल प्रेस
२०७९ असोज ७ गते ६:२४
काठमाडौं । गएरातिको वर्षातसँगै झापाका केही नदी तथा स-साना खोलामा पानीको सतह बढेकाले सतर्क अपनाउन भनिएको छ ।
नेपाल बाढी सूचनाका अनुसार पछिल्लो २ घण्टा झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई-गैडे, दमकलगायत झापाको धेरै स्थान तथा झापा-इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा-रतुवा तथा झापाका स-साना नदीमा जलसतह बढ्ने सम्भावना छ ।
सम्भावित बाढीको जोखिमबाट बच्न ती खोला तथा नदी आसपासका तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर