५ सय र १ हजार दरका नोट बन्द गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)
२०७९ असोज ७ गते १४:२३
काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले नेपालमा ५ सय र १ हजार दरका नोट बन्द गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
अहिलेको राजनीतिक अवस्था र वित्तीय नीतिका कारण समस्या उत्पन्न भएको भन्दै सो पार्टीले यस्तो माग राखेको हो ।
काठमाडौंको माइतीघर मण्डलामा सो पार्टीका नेता कार्यकर्ताहरूले ‘५ सय र १ हजारको नोट बन्दि गर’, ‘खेल र खेलाडीको सम्मान गर’, ‘श्रमजीवी नागरिकहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर’, ‘वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गर’ नारा लेखेका प्ले कार्ड बोकेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर