सुसाइड नोट लेखेर ३० वर्षीया युवति बेपत्ता
नेपाल प्रेस
२०७९ असोज ७ गते १४:४३
काठमाडौं । ललितपुरको धोविघाटबाट एक युवती बेपत्ता भएकी छन् ।
सुसाइड नोट लेखेर हिजो घरबाट हिँडेकी ३० वर्षीया जेरुसा राई बेपत्ता भएकी हुन् । उनी गायिका हुन् ।
ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीका अनुसार उनको अन्तिम लोकेसन सुन्दरीघाँट देखिएको छ ।
लामो समय बेलायत बसेर नेपाल फर्किएकी राई मोडलिङ गर्दै आएकी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर