न्यायाधीशलाई प्रश्न सोध्ने स्तर सांसदको छैन : बार अध्यक्ष घिमिरे – Nepal Press

न्यायाधीशलाई प्रश्न सोध्ने स्तर सांसदको छैन : बार अध्यक्ष घिमिरे

पोखरा । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्चका न्यायाधीशलाई संसदको समितिले डाकेर प्रश्न गर्न नमिल्ने बताएका छन् । उच्च अदालत कास्कीमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले न्यायाधीशलाई चिठी लेखेर प्रश्नोत्तरका लागि बोलाउने स्तर सांसदको नरहेको बताएका हुन् । ‘सांसदको स्तर यहि हो ? न्यायाधीशलाई चिठी लेख्ने ?’ उनले प्रश्न गरे । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग महाभियोग सिफारिस समितीले बयान लिँदा अरु न्यायाधीशका निजी प्रसंग उठाइनु पनि गलत भएको उनले बताए ।

बयानमा राणाले प्रश्न बाहिर गएर अरु न्यायाधीशका निजी जीवनबारे सुनाउँदा सिफारिस समितिले ‘गलत ट्र्याकमा जानुभयो, भन्न नसक्नु पनि दुखद रहेको बताए । ‘जिरह गर्दा गलत ट्र्याकमा जानु भयो भनेर भन्न किन नसकेको ? व्यक्तिगत प्रसंग नजोडौं भनेर भनेको भए के जान्थ्यो ?’ प्रश्न गरे ।

नेपाल बारले थालेको आन्दोलनले नै महाभियोग लागेको भन्दै बारले अहिले पनि महाभियोगको स्वामित्व लिएको बताए । संसदको कार्यकाल सकिएर राणाविरुद्धको महाभियोग पास हुन नसक्नुले अदालत फिर्ती हुन नमिल्ने उनको तर्क थियो । ‘अब चोलेन्द्र आउँदा हामी हेरेर बस्छौं ? उनी शुद्ध नै हुन्, फर्कन लायक नै हुन् भनेपनि निलम्बन फुकुवाको पत्र दिनुपर्‍यो’, उनले भने, ‘मिस्टर क्लिन नै हुन् भने पनि उनलाई निलम्बन गर्नेले फुकुवा पत्र दिनुपर्‍यो ।’

अहिले नेपालका न्यायाधीश तथा कानून व्यावसायी नांगिएको उनको जिकिर छ । कोट-टाइ लगाउँदैमा इज्जत नजोगिने भएकाले अब न्यायालय सुधार र पुनःसंरचना गरिनुपर्ने बताए । ‘अहिले न्यायालयको चिरहरण भएको छ, अब हामी सुध्रनु पर्छ,’, उनले भने ।


प्रतिक्रिया

One thought on “न्यायाधीशलाई प्रश्न सोध्ने स्तर सांसदको छैन : बार अध्यक्ष घिमिरे

  1. किन ? प्रश्न सोध्ने न्यायाधिश तिमीले भने अनुसार फैसला गर्ने परेछन ? कि काँग्रेसको ठप्पा लागेका परेछन तिमीजस्तै ? प्रधानन्यायाधिशलाई हुने न्यायाधिशलाई नहुने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर