शताब्दी पुरुषको स्वास्थ्यबारे राष्ट्रपतिको चासो, शीतल निवासका प्रतिनिधि अस्पतालमा
नेपाल प्रेस
२०७९ असोज ९ गते १९:१२
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे चासो राखेकी छन् । राष्ट्रपति कार्यालयको तर्फबाट स्वास्थ्यलाभको शुभकामनासहित जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिन राजकुमार राईलाई अस्पताल पठाइएको थियो ।
राईले किस्ट मेडिकल कलेजमा पुगेर शताब्दी पुरुषलाई राष्ट्रपतिको तर्फबाट शुभकामना सन्देश दिएका थिए । १०२ वर्षीय जोशीलाई डेंगु संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर