कैलालीको घैलाखोलामा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु
नेपाल प्रेस
२०७९ असोज ९ गते १९:५०
धनगढी । कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका–१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर