मिडिया अनुगमन संयन्त्रमा सेना र प्रहरी राखिएकोप्रति पत्रकार महासंघको आपत्ति – Nepal Press

मिडिया अनुगमन संयन्त्रमा सेना र प्रहरी राखिएकोप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषित सामग्री अनुगमन गर्न बनाएको संयन्त्रप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आयोगले निर्माण गरेको नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसहितको संयन्त्रप्रति महासंघले आपत्ति जनाएको हो ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरेर आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको महासंघको आरोप छ ।

‘आयोगको काम स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित ढंगले निर्वाचन सम्पन्न गराउनु हो । संविधानले प्रत्याभूत गरेका अधिकार खोस्ने अधिकार आयोगलाई नभएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघ संविधानले प्रत्याभूत गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ र ‘अभिव्यक्ति स्वतन्त्रता’लाई सशस्त्र निकाय (सेना, प्रहरीलगायत हतियार बोक्ने निकाय)को समेत संलग्नतामा नियन्त्रण गर्ने निणर्य तत्काल सञ्चाउन आयोग नेतृत्वको ध्यानाकर्षण गराउँदछ । अन्यथा आयोगको निर्णयको नेपाली सञ्चार क्षेत्रले प्रतिवाद र अवज्ञा गर्ने जानकारी गराइन्छ,’ महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘सञ्चारमाध्यममा संप्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने काम निरकुंशतन्त्रमा मात्र हुने गर्छ । लोकतान्त्रिक व्यवस्थामा यो सोभनीय हुन नसक्ने महासंघको ठहर छ’, विज्ञप्तिमा उल्लेख छ ।

आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर राज्यका संयन्त्रसँग सहकार्य गरी सम्पन्न गर्ने निर्वाचन नै लोकतान्त्रिक मूल्य मान्यताअनुरुप हुने आम बुझाइ रहेको बताउदैँ महासंले यो निणर्य तत्काल सच्याई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोगलाई आग्रह विज्ञप्तीमार्फत नै आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता अन्तर्गत प्रेससँग सम्बन्धित विषय महासंघलगायत प्रेससँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर निर्माण गर्न महासंघले गरेको आग्रहलाई समेत आयोगले बेवास्ता गरेको महासंघले जनाएको छ । निर्वाचनका सबै प्रक्रियाका विषयमा सञ्चारमाध्यमको परिचयपत्र वा पत्रकार महासंघको परिचयपत्र वा सरकारी निकायबाट जारी पत्रकार परिचयपत्रका आधारमा निर्वाध समाचार संकलन, प्रकाशन तथा प्रसारणको वातावरण बनाउन पनि महासंघले आयोगलाई आग्रह गरेको छ ।

विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर