बालेन मुर्दावाद भन्दै बाङ्गेमुढामा राँके जुलुस र पुत्ला दहन
नेपाल प्रेस
२०७९ असोज १५ गते १९:११
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन र बाङ्गेमुढामा आक्रमण गरेको स्थानीयले उनको पुत्ला दहन गरेका छन् ।
आन्दोलित स्थानीयले आज विरोध सभाको आयोजना गरेका थिए । काठमाडौं—२५ मा रहेको उक्त भवन भत्काएपछि आन्दोलित बनेका स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन् । यस्तै विराेधमा स्थानीयले राँके जुलुस समेत निकालेका छन् ।
प्रदर्शनकारीले यो विरोध जारी नै रहने बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर