बाढीको बितण्डा: दाङमा एक जनाको मृत्यु
दाङ । अविरल वर्षापछि आएकाे बाढीले बगाउँदा एकजनाको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका- १५ का ४८ वर्षीय मदन डाँगीलाई सोही ठाउँको त्रिवेणी खोलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी विरबहादुर वलीले जानकारी दिए । उनका अनुसार बुधबार राति १० बजे छोरा लिन ससुराली जानेक्रममा डाँगीलाई खोलाले बगाएको हो ।
त्यसैगरी तुलसीपुर-घोराही सडकखण्डमा पर्ने गुर्जेखोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् ।
घोराही उपमहानगरपालिका- १० का ५४ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएको एसपी वलीले जानकारी दिए । उनका अनुसार चौधरीलाई बिहिबार दिउँसो १२:२५ बजे खोलाले बगाएको छ । उनको उद्दारका लागि प्रहरी परिचान गरिएपनि अहिलेसम्म फेला परेका छैनन् ।