खराब मौसमको प्रभावः भैरहवाबाट काठमाडौं उडेकाे जहाज जनकपुर अवतरण
नेपाल प्रेस
२०७९ असोज २० गते ११:३४
रूपन्देही ।भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान ३ घण्टा पछि मात्र काठमाडौंमा अवतरण गरेको छ ।
मौसमको खराबीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि सो विमानलाई जनकपुरमा अवतरण गराइएको थियो । खराब मौसमका कारण काठमाडाैं विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा जनकपुरमा अवतरण गराइएको बताइएको छ ।
बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।
सो विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको बुद्ध एअरले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर