सीट बाँडफाँट नसच्याए खोटाङका तीनै क्षेत्रमा एकल उम्मेदवारी दिने कांग्रेसको निर्णय
नेपाल प्रेस
२०७९ असोज २२ गते २०:२७
काठमाडौं । सीट बाँडफाँटमा असहमति जनाउँदै नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिले एकल उम्मेदवारी दिने निर्णय गरेको छ ।
पूर्वमन्त्री सर्वधान राईलाई प्रतिनिधि सभामा उम्मेदवार बनाउनेगरी दुवै प्रदेशमा एकल उम्मेदवारी दिने निर्णय भएको हो ।
जिल्ला सभापति बिष्णुकुमार राई तथा पूर्व सभापतिहरु नरेश श्रेष्ठ, सुवास कुमार पोखरेल, प्रदेश सदस्य जितेन्द्र सिं ठकुरी, उपसभापति इवन राई लगायतका नेताहरुको बैठकले बाँडफाँट नसच्याए स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिखित रुपमा केन्द्रमा गराएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर