कञ्चनपुरमा गठबन्धनबाट छुट्टियो नेकपा एस, बहालवाला र निवर्तमान मन्त्रीले छुट्टै उम्मेदवारी दिने – Nepal Press

कञ्चनपुरमा गठबन्धनबाट छुट्टियो नेकपा एस, बहालवाला र निवर्तमान मन्त्रीले छुट्टै उम्मेदवारी दिने

कैलाली । कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनबाट छुट्टिएको छ । यहाँका २ प्रदेश सभामा मित्रवत् गठबन्धनका दलहरू बीच छुटिएर नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचनमा होमिने भएको हो।

नेकपा एसबाट बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल र निर्वतनमान सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले उम्मेदवारी दिने भएका छन् ।

रावलले कञ्चनपुरको प्रदेशसभा क्षेत्र नम्बर ३(१) बाट उम्मेदवारी दिने र खड्काले प्रदेशसभा क्षेत्र २ (२) मा उम्मेदवारी दिने तयारी गरेका छन् । २२ गते भएको सत्ता गठबन्धनको सहमतिमा कञ्चनपुर २ को २ मा कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा कञ्चनपुर ३ को १ मा माओवादी र नेकपा एकीकृत समाजवादीको दाबी रहेको थियो ।

तर, ती दुई क्षेत्र कांग्रेस र माओवादीले नछोडेपछि यहाँ नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचनमा होमिन लागेको हो । अघिल्लो पटक दुबै जना नेकपा एमालेबाट निवार्चित भएका  छन्  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर