दाङ १ मा एमालेले शेखर समूहका पोखरेललाई सघाउने, शान्ता चौधरी ब्याक
दाङ । दाङ क्षेत्र नम्बर १ मा एमालेले नेपाली कांग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने भएको छ ।
कांग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल भएकाले शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले नेपाल प्रेस लाई जानकारी दिए ।
उनी स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नेछन् ।
यस क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिएको थियो । कांग्रेस केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व अध्यक्ष पोखरेल प्युठानबाट यसअघि जनमोर्चाकी दुर्गा पौडेलसँग चुनाव लडेका थिए ।
उनी यसपटक पनि उम्मेदवार बन्न चाहँदा पार्टीले दिएन ।
गिलासमा भोट नमाग्ने घोषणा गरिसकेका पोखरेल यसबीचमा एमालेसँग संवादमा थिए । प्युठानमा सुर्य थापालाई गोविन्द पोखरेल समूहले समर्थन गर्नेगरी दाङ १ मा उनलाई एमालेले समर्थन गरेको हो ।
सो क्षेत्रमा प्युठानबाट झरेका मतदाताहरु निर्णायक छन् ।
गठबन्धनबाट नेकपा एसका मेटमणी चौधरी उम्मेदवार छन् । पोखरेललाई एमालेले समर्थन गरेसँगै दाङ १ र २ नम्बर क्षेत्रमा शेखर गगन समूले एमालेलाई मत दिने आन्तरिक समझदारी भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले नै महासचिव शंकर पोखरेलमार्फत शान्ता चौधरीलाई ब्याक गराएको तर पछि कांग्रेसको शेखर गगन समूहसँग कुरा नमिलेपछि सो समझदारी भंग भएको एमाले स्रोतले जनाएको छ ।
महासचिव पोखरेलले नेपाल प्रेससँग कुरा गर्दै तत्काल सो समझदारी कार्यान्वयन हुन नसकेको बताए ।