उम्मेदवारी दर्ता गराउँदै मानुषीले भनिन्- अब फोहोरी राजनीतिको काम छैन
काठमाडौं । नेपाल समाजवादी पाटीकी नेता मानुषी यमी भट्टराई नयाँ पुस्ताबाट परिवर्तन सम्भव भएको बताएकी छन् ।
काठमाडौं-७ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेपछि नयाँ पुस्ताको आवाज बुलन्द गर्न आफ्नो उम्मेदवारी भएको बताएकी हुन्।
उनले भनिन्, ‘नयाँ पुस्ताको आवाज बुलन्द गर्नका लागि मेरो उम्मेदवारी हो । काठमाडौं ७ बाट अनुमोदित हुन्छु भन्ने लागेको छ। लोकतान्त्रिक विधिलाई संस्थागत गर्न बाँकी छ।’
गठबन्धनको तर्फबाट काठमाडौंमा ३ जना महिला उम्मेदवार हुनु सकारात्मक पाटो भएको बताइन्। निर्वाचन प्रणाली परिवर्तन नभएसम्म महिला सहभागिता बढाउन नसक्ने उनले बताइन्। नागरिक सचेत भइसकेकै कारणले फोहोरी राजनीतिको काम नलाग्ने उनको भनाइ छ।