प्रचण्डले केपी ओली मरिहाल्छन् त्यसपछि एमाले कब्जा गर्छु भन्ने सोचेका रहेछन् : ईश्वर पोखरेल (भिडिओ)
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले कब्जा गर्ने उद्देश्यले मात्रै पार्टी एकता गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित निर्वाचन परिचालन घोषणा कमिटीलाई सम्बोधन गर्दै उनले प्रचण्डको विचार र संगठन सकिएपछि एमाले कब्जा गर्ने रणनीति बनाएको आरोप लगाएका हुन् ।
‘प्रचण्डको विचार र संगठन सकिएको थियो। एमालेका राम्रा कार्यकर्ता र संगठनमाथि कब्जा गरेर हस्तिनापुर कब्जा गर्ने सोचेका थिए। उनले एकता गर्दा पार्टी एक बनाए देश बनाउने होइन । पार्टी कब्जा गर्ने योजना बनाएका थिए’, उनले भने, ‘केपी ओली मरिहाल्छन् त्यसपछि एमाले कब्जा गर्न सकिन्छ। उनको यही अपराधिक सोच थियो । त्यही योजनका साथ एकतामा सामेल भए ।’
आफूहरुले देश बनाउने अभियानस्वरुप पार्टी एकता गरेको स्मरण गरे । आफ्नो योजना असफल भएपछि पार्टी फुटाएर गएको आरोप लगाए ।
उनले सत्ता गठबन्धनको उद्देश्य एमाले सिध्याउने मात्रै भएकाले आफूहरुलाई जिताउन आह्वान गरे । देशको आर्थिक विकासलेले मात्रै गर्न सक्ने दाबी गरे ।
उनले नेता कार्यकर्तालाई चुनावी अभियानमा होमिन निर्देशन समेत दिए । ५५५ जनाको निर्वाचन परिचालन कमिटी मतपरिणाम सार्वजनिक नभएसम्म निरन्तर रहने उनको भनाइ छ ।