नरहरि आचार्यले प्रदीपलाई भने- जनताको पक्षमा उभिनू, तिमीले जित्छौँ – Nepal Press

नरहरि आचार्यले प्रदीपलाई भने- जनताको पक्षमा उभिनू, तिमीले जित्छौँ

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता तथा पूर्वसांसद नरहरि आचार्यसँग काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले भेट गरेका छन्।भेटको क्रममा नेता आचार्यले काठमाडौं ५ का मतदाता सचेत भएकाले परिर्वतनको पक्षमा रहेको जानकारी गराएका थिए।

नेता पौडेललाई शुभकामना दिँदै आचार्यले भने, ‘यहाँका आमनागरिक विवेकशिल, निस्ठावान, सचेत र परिवर्तनको पक्षमा छ्न्।सत्यको पक्षमा, विवेकपूण न्यायको पक्षमा समर्पित यस क्षेत्रका बासिन्दाले कार्यभारको नेतृत्व तिमीलाई सुम्पने छन भन्ने कुरामा विश्वस्त छु।’

जनचाहना अनुरुप स्थानीय, राष्ट्रिय र अन्तराराष्ट्रिय मुद्दामा नागरीकको पक्षमा लाग्न आग्रह गरेका छन्। नेता पौडेलसँग एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर