तिहार नजिकिएसँगै पाला बनाउन व्यस्त कुम्हहरु (फोटो/भिडिओ) – Nepal Press

तिहार नजिकिएसँगै पाला बनाउन व्यस्त कुम्हहरु (फोटो/भिडिओ)

भक्तपुर । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै गाउँघर तथा शहर-बजारमा रौनक सुरु भएको छ । कतै फूलको माला बनाउन त कतै झिलिमिलि पार्न दीयो बनाउन कार्य सुरु भएको छ ।

भक्तपुरको पोटरी स्क्वायरमा तिहारमा झिलिमिली पार्न परम्परागत माटोको दीयो(पाला)बनाउन थालिएको छ । नेवा समुदायका प्रजापति (कुम्ह) हरुले माटोको पालाहरु बनाउने गर्छन् ।

पुर्ख्यौली पेशा अंगाल्दै आएका कुम्हहरुलाई यतिखेर भ्याइनभ्याइ छ । तिहारसँगै संस्कृतिका धेरै पक्षहरुसँग पालाको महत्व जोडिन्छ ।

तिहार अर्थात दीपावलीलाई उज्यालोको पर्व लिइन्छ । दीपावलीका दिन दीप प्रज्ज्वलन गरेर घर तथा आँगन उज्यालो पारिन्छ ।

अहिले विद्युतीय दीप पनि आएका छन् । यद्यपी, काठमडौंका थुप्रै बस्तीमा भने दीप प्रज्ज्वन गर्न माटोको पाला अहिले पनि प्रचलनमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *