घनश्यामबारे भीम रावलको टिप्पणी- अन्याय गरेपछि विद्रोह हुन्छ
नेपाल प्रेस
२०७९ असोज २७ गते १४:००
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अर्का नेता घनश्याम भुसालको विद्रोहलाई स्वाभाविक रूपमा लिएका छन्। प्रतिनिधिसभामा आफूले टिकट नपाएपछि गरेको पत्रकार सम्मेलनमा अन्याय परेपछि विद्रोह हुन स्वाभाविक भएका बताएका हुन्।
उनले भने, ‘घनश्याम भुसालजी जुन ठाउँबाट सिफारिस हुनुभएको थियो । उहाँ स्थायी कमिटी र पाँच दशक पार्टीमा काम गरेको मान्छे । उहाँलाई हटाएर हामीले जुन व्यवस्थालाई निर्दलीय र निरंकुशता भन्यौँ । त्यही एउटा पात्रलाई उम्मेदवार बनाउँदा कुन एमाले कार्यकर्ता र जनताले त्यो पाइला ठिक छ भन्छ। त्यस्ता अन्यायपूर्ण कुरा गरेपछि विद्रोह पनि हुन्छ।’
प्रतिक्रिया