राजु गुरुङको रिट हरिप्रसाद फुयालको एकल इजलासमा
नेपाल प्रेस
२०७९ असोज २८ गते ११:१५
काठमाडौं । रुपन्देही- २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदैछ। आज सुनुवाइ हुन लागेको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको हो।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।
अदालतमा विचाराधिन भएको मुद्दालाई आधार बनाएर प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहिबार अदालतमा उजुरी दिएका थिए।
प्रतिक्रिया