प्रदेश १ का ५६ मध्ये ५१ क्षेत्रमा एमालेका उम्मेदवार, केन्द्रबाट को को झरे प्रदेशमा ? (सूचीसहित) – Nepal Press

प्रदेश १ का ५६ मध्ये ५१ क्षेत्रमा एमालेका उम्मेदवार, केन्द्रबाट को को झरे प्रदेशमा ? (सूचीसहित)

विराटनगर । नेकपा एमालेले प्रदेश नम्बर १ का ५६ मध्ये ५१ प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । यसअघि प्रदेशसभामा एकल वहुमत ल्याएको एमालेका लागि यसपटक विरासत जोगाउन चुनौति छ ।

पाँच वर्षअघि गठबन्धनमा रहेको माओवादी केन्द्र र पार्टीमै रहेको एउटा समूह नेकपा एस बनेर कांग्रेससँग गठबन्धनमा गएकाले एमालेलाई प्रदेश सभामा बहुमत जुटाउन संकट छ । यद्यपी एमालेका प्रदेश अध्यक्ष तुलसी न्यौपाने भने प्रत्यक्षमा कम्तिमा ३० सीट जित्ने दावी गर्छन् ।

एमालेले ५ वटा प्रदेश सभा सीटमा भने राप्रपा र जसपासँग तालमेल गरेको छ । झापामा दुई सीट राप्रपालाई छाडेको एमालेले मोरङमा २ सीट र सुनसरीमा १ सीट जसपालाई दिएको छ ।

प्रदेश १ बाट सम्भावित मुख्यमन्त्री स्थायी कमिटी सदस्य हिक्मत कार्की हुन् । रविन कोइराला,रेवतीरमण भण्डारी,तिलकुमार मेन्याङ्बो,पिके राई लगायत यसअघि केन्द्रीय सांसद भइसकेका नेताहरु पनि यसपटक प्रदेशमा उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर