नागरिकता विद्येयक नेपालीको पक्षमा छ : गृहमन्त्री खाण – Nepal Press

नागरिकता विद्येयक नेपालीको पक्षमा छ : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नागरिकता विधेयक नेपालीको पक्षमा भएको तर यसलाई रोक्ने पक्षलाई नेपालीले चिनिसकेको बताएका छन् । नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनुु संवैधानिक अधिकार भएको बताउँदै उनले कुनै पनि नागरिक नागरिकताबाट बञ्चित हुन नहुनेतर्फ सरकार सचेत रहेकोे र नेपालीलाई नागरिकता दिएर छाड्ने दाबी गरे ।

सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका गृहमन्त्री खाणले शुक्रबार भैरहवामा वडास्तरीय प्रचार–प्रसार कार्यालयको उद्घाटन गर्दै संवैधानिक अधिकारअनुसार वर्तमान सरकारले नेपालमै जन्मिएका, नेपालमै हुुर्किएका नागरिकलाई अनागरिक बनाउने पक्षमा नरहेको समेत प्रष्ट्याए ।

नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउन खोज्नेहरुलाई जनताले चिनिसकेकाले आगामी निर्वाचनमा त्यस्ता शक्ति दण्डित हुने पनि उनको विश्वास छ । नागरिकता नहुँदा धेरै नेपालीहरु आफ्नो अधिकारबाट बञ्चित हुनुुपरेको उल्लेख गर्दै उनले मानव अधिकारको विश्वव्यापी मान्यताअनुसार पनि आफ्ना नागरिकलाई नागरिकता दिनुु सरकारको दायित्व भएको बताए ।

खाणले सरकारले ल्याएको नागरिकता विधेयक नेपालमा जन्मिएर अनागरिक बस्नुु परेकालाई रहेको उल्लेख गरे । ‘नेपालमा बस्ने नेपालीले नागरिकता पाउनै पर्छ, विदेशीलाई दिने होइन’, उनले भने, ‘नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउने जो कसैको प्रयास सफल हुन सक्दैन । नेपालमा जन्मिएका नागरिकलाई नागरिकता दिएरै छाड्छौ ।’

नागरिकलाई मौलिक र आधारभूत अधिकारबाट बञ्चित गराउँदै लोकतान्त्रिक गणतन्त्र माथि प्रहार हुन थालेपछि त्यसको रक्षाका लागि वर्तमान गठबन्धन निमार्ण भएको समेत उनले बताए ।


प्रतिक्रिया

One thought on “नागरिकता विद्येयक नेपालीको पक्षमा छ : गृहमन्त्री खाण

  1. नेपाली होईन भारतीयको हितमा छ। जानीजानी मोदीको चाकडी गर्न ठगबन्धनले ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर