गौतमबुद्ध विमानस्थलमा नयाँ राेजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउँछन्: गृहमन्त्री खाण – Nepal Press

गौतमबुद्ध विमानस्थलमा नयाँ राेजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउँछन्: गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र एयरपोर्ट निर्माण सम्पन्न भएकोले विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए।

गृहमन्त्री खाणले एयरपोर्ट निर्माण हुदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यता अनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताए।

यसबारे आफूले गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसंग कुरा गर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “गौतमबुद्ध विमानस्थलमा नयाँ राेजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउँछन्: गृहमन्त्री खाण

  1. यहि हो जागिरको लोभ देखाएर भोट मागेको भनेको । त्याँहा कर्मचारी राख्ने भनेको नागरिक उड्डयन प्राधिकरणको कर्मचारी विनियमावली अनुसार हो । गृहमन्त्रीले दादागिरी देखाएर भर्ना गर्ने ठाउँ होइन । गृहमन्त्रीको भनाइमा आचार संहिता आकर्षित हुन्छ निर्वाचन आयोग के हेर्दैछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर