शताब्दी पुरुष जोशीको दाहसंस्कार नगरिने, श्रद्धाञ्जली दिने तयारी
काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । जाेशीकाे शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेकाे छ ।
शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए ।
उनको दाहसंस्कार कसरी कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भएको थियो। छलफलकाे क्रममा जाेशीकाे शवलाई नजलाई अध्ययनकाे लागि अस्पतालमा राख्ने सहमति भएकाे हाे ।
शताब्दी पुरुष जाेशीकाे आज बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।