जोशीपत्नी राधादेवीलाई ल्याइयो अस्पताल
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीलाई घरबाट ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा ल्याइएको छ ।
सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन उनलाई मंगलबारस्थित घरबाट अस्पताल ल्याइएको हो ।
उनको परिवारले उनलाई अस्पताल ल्याएका छन् । उनी आफैं पनि अस्वस्थ्य छिन् । हिँडडुल गर्न नसक्ने भएपछि उनलाई एम्बुलेन्समा ल्याइएको थियो । त्यसपछि हि्वलचियरमा राखेर लगिएको छ । अस्पतालका अनुसार जाेशीकाे पार्थिव शरीरलाई ९:४५ देखि १०:४५ बजेसम्म शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाइनेछ । यस अवधिसम्म जाेशीकाे शव अस्पतालमै राखिने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।
उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १०:४५ देखि ११:३० बजेसम्म परिवारका सदस्यले गर्नुपर्ने कार्य गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ः३० देखि १२ः३० मिनेटसम्म राखिने मेयर महर्जनले बताए ।