जोशीप्रति श्रद्धाञ्जली दिन पार्थिक शरीर अस्पताल प्रांगणमा राखियो (तस्बिरहरु)
काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीकाे पार्थिक शरीर किष्ट अस्पतालकाे प्रांगणमामा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
प्रति श्रद्धाञ्जली दिन पार्थिव शरीर अस्पतालको प्रांगणमा राखिएको छ । श्रद्धाञ्जलीका लागि उनको शव ललितपुरको किष्ट अस्पतालको प्रांगणमा राखिएको हो ।
जोशीको शवलाई शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर परिवारका सदस्यले गर्नुपर्ने कार्य सकाएपछि श्रद्धाञ्जलीको लागि अस्पताल प्रांगणमा राखिएको छ । अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर३० मिनेटसम्म राखिनेछ ।
र त्यसपछि ललिपुर महानगरमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिनेछ । र फेरि किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ ।
उनको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरु पनि आउने ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिए । जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।