मेटमणि चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण – Nepal Press

मेटमणि चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । आचारसंहिता उलंघन गरेको भन्दै आयोगले आइतबार मन्त्री चौधरीलाई स्पष्टिकरण सोधेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सहरी विकासमन्त्री चौधरीले राहत सामाग्री वितरण गरेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको आयोगका प्रवक्ताज एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार चौधरीले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेका थिए ।

चौधरीले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल बाडेका थिए । आयोगले आइतबार उक्त कार्य आचारसंहिता बिपरित भएको ठहरसहित २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

 


प्रतिक्रिया

One thought on “मेटमणि चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण

  1. यसरी बाँडदा त उम्मेदवारी खारेज नै हुनुपर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *