शताब्दी पुरूष जोशीको पार्थिव शरीर किस्ट मेडिकल कलेजलाई
नेपाल प्रेस
२०७९ असोज ३० गते १८:१२
काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किस्ट मेडकल कलेजलाई बुझाइएको छ । अध्ययनका लागि आफ्नो पार्थिव शरीर दान गर्ने घोषणा गरेका जोशीको शव ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थितिमा अस्पताललाई बुझाइएको हो ।
नेपाली इतिहासका धरोहरका रुपमा रहेका जोशीको आज विहान निधन भएको थियो ।
प्रतिक्रिया