तेस्रो दिन पौडीमा नासिरको दुई राष्ट्रिय कीर्तिमान – Nepal Press

तेस्रो दिन पौडीमा नासिरको दुई राष्ट्रिय कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीको तेस्रो दिन त्रिभुवन आर्मी क्लबका नासिर याहा हुसेनले दुई नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सोमबार फिस्टेल एकेडेमीको पौडिपोखरीमा सम्पन्न खेलमा नासिले आफ्नै कीर्तिमान भंग गरेका छन् । पुरुष ४ सय मिटर फ्रिस्टायलमा नासिरले ४ मिनेट ३३.०५ सेकेन्डको रेकर्ड तोड्दै निर्धारित दुरी ४ मिनेट ८.६४ सेकन्डमा पुरा गरे ।

यस स्पर्धामा एनआरएनएका आसिस सापकोटाले निर्धारित दुरी ४ मिनेट २२.४५ सेकेन्डमा पुरा गर्दै रजत पदक जिते । बाग्मतीका इर्भिन श्रेष्ठले ४ मिनेट २५.७४ मिनेटमा निर्धारित दुरी पुरा गर्दै कास्य जिते ।

सोमबार नासिरले सय मिटर बट्टरफ्लाईमा ५९.७७ सेकेन्डको रेकर्ड सुधार गर्दै निर्धारित दुरी ५७.८६ सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जिते ।

यस स्पर्धामा एनआरएनएका आसिस ५९.६८ सेकेन्डमा निर्धारित दुरि पुरा गर्दै रजत जिते । आर्मीकै अनुभव शुब्बाले ५९.६८ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै कास्यमा चित्त बुझाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *