बेन्जिमालाई बालोन डि ओर अवार्ड – Nepal Press

बेन्जिमालाई बालोन डि ओर अवार्ड

काठमाडौं । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन् ।

रियललाई २०२१-२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए। उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् ।

लियोनल मेस्सी (सात) र क्रिस्टियानो रोनाल्डो (पाँच) ले यसअघि १३ पटक यो अवार्ड जितेका थिए । २०२१-२२ मा लिभरपुलमा रहेका बायर्न म्युनिखका साडियो माने म्यानचेस्टर सिटीका केभिन डे ब्रुइनभन्दा दोस्रो स्थानमा थिए।

बार्सिलोनाकी एलेक्सिया पुटेलासले २०२२ को सर्वोत्कृष्ट महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । इंग्ल्याण्ड युरो २०२२ को विजेता र आर्सनलका फरवार्ड बेथ मीड दोस्रो भए ।

बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुदाँ लिभरपुल दोस्रो स्थानमा रह्यो ।
बालोन डी’ओर २०२१-२२ सिजनको प्रदर्शनका आधारमा वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गरिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *