‘गोरखाका कांग्रेस सहिष्णु छन्, मलाई देउवा र प्रचण्ड दुवैको सदिक्षा छ’ – Nepal Press
नेपाल टक

‘गोरखाका कांग्रेस सहिष्णु छन्, मलाई देउवा र प्रचण्ड दुवैको सदिक्षा छ’

राजेन्द्र बजगाईँ भन्छन्–चीनकाजी श्रेष्ठको सम्मान पार्टीले गर्छ,मेरो एजेण्डा ‘अब विकास’ हो

काठमाडौं । नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको टिकट पाएपछि युवा नेता तथा चर्चित व्यवसायी राजेन्द्र बजगाईँले दुई शब्दको स्टाटस लेखे–अब विकास ।

नेपालको पर्यटन उद्योगमा स्थापित रहेका बजगाईँ नेपाली कांग्रेसको राजनीतिमा पनि सधैँ कुनै न कुनै सन्दर्भमा चर्चामा आइरहन्छन् । १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका बजगाईँले यस पटक गोरखा १ को टिकट लगेपछि पार्टीभित्र उनको पकड बलियो बनेको चर्चा पनि चलेको छ ।

गोरखामा अब माओवादी अध्यक्ष प्रचण्डसँगै गठबन्धनबाट अर्को क्षेत्रको उम्मेदवार बजगाईँ बनेका छन् । प्रचण्ड मात्र होइन बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले समेत रुचाएका बजगाईँ पछिल्लो समय बालुवाटारको समेत रोजाइमा परे,यद्यपि उनी महाधिवेशनमा शेखर गगन समूहमा थिए ।

नेपाल प्रेसको चुनावी बहसको यो श्रृङ्खलामा भने पर्यटन व्यवसायीसमेत रहेका नेपाली कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईँसँग गरिएको चुनावी वार्ताको सम्पादित अंश प्रस्तुत छ, नेपाल टकमा

कुनै बेला पार्टी सभापतिलाई नै अनुशासनको कारबाही गर्नुपर्छ भनेर उजुरी हाल्ने मान्छे । पछि उजुरी फिर्ता पनि लिनुभयो । जसलाई कारबाही गर्छु भन्नुभएको थियो उसैको हातबाट टिकट पाउन कसरी सम्भव भयो ?

कारबाही गर्छु भनेर निवेदन गरेकोभन्दा पनि संसद्मा एउटा त्रुटि भयो । राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्नुभएको थियो । जुन वेला केपी ओलीको सरकार थियो । सरकारको तर्फबाट नीति तथा कार्यक्रम पढेपछि संसद्मा प्रतिपक्षले टिप्पणी राख्न पाउने रहेछ । त्यो भुलेको कारणले सर्वसम्मत पारित भयो र मैले सैद्धान्तिक रूपमा आवेदन गरेको हो । त्यसैलाई लिएर कुनै एउटा टेलिभिजनले प्रसारण गरेको हुनुपर्छ ।

सभापति शेरबहादुर देउवा दाङमा एउटा कार्यक्रममा जानुभएको थियो । त्यहाँ यसबारे जिज्ञासा गरियो । त्यसमा देउवा आफैँले कांग्रेस पार्टीको सुन्दर पक्ष भनेकै यही हो । जहाँको कार्यकर्ताले पनि नेतालाई प्रश्न गर्न सक्छन् भनेर उहाँले त्यही वेला फरगिभन गर्नुभएको थियो । राजनीतिक परिदृश्य फरक भइसक्यो । फेरि उहाँ चौधौँ महाधिवेशनमा दोहोर्‍याएर सभापति भइसक्नुभयो । अब यस कुराको औचित्य छैन । प्रजातान्त्रिक पार्टीमा मुद्दा हाल्या, झिक्या भन्दा पनि समग्र प्रजातान्त्रिक अभ्यास नै भन्न चाहन्छु ।

तपाईँले टिकट पाउने बित्तिकै सामाजिक सञ्जालमार्फत ‘अब विकास’ भन्नुभएको थियो । तपाईँले चाहेको विकास कस्तो हो ?

मैले विकासका लागि राजनीति भन्ने अभियान धेरै पहिलादेखि सुरु गरेको हो । त्यसको परिमार्जित ब्राण्डिङ अब विकास हो । हामीले धेरै आन्दोलन पूरा गर्‍यौं । संविधान कार्यान्वयन भइरहेको छ, सत्य निरुपण तथा मेलमिलापको बाटो हुँदै गठबन्धन पनि भइरहेको छ । भनेपछि द्वन्द्व पीडित र द्वन्द्व पक्ष सबैको समिश्रण राज्यमा भइसक्यो । सबै मुद्दा संस्थागत गर्ने क्रम सुरु भइसक्यो । अब परिवर्तनसँगै विकास हुनुपर्छ ।

आवाज उठाएको उठाएै गर्दा एकदिन न एकदिन कुनै प्रधानमन्त्रीले यो इसु रिसिभ गर्लान् नि ! म कार्यान्वयन गर्ने पक्षमा पुगे भने गरौंला । नभए पनि कसैले क्यारी गरे हुन्छ ।

कस्तो हो त तपाईँको विकासको मोडल ?

मैले सानैदेखि सुन्दै आएको कृषि, पर्यटन र पछिल्लो समयमा जबरजस्त आएको जलविद्युत विकासका आधार भन्ने हो । म पर्यटन क्षेत्रमा काम गर्छु । २०७४ अघिको सरकारको वेला अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा पनि कृषि, पर्यटन जलविद्युत भनिएको थियो । बजेट १५ खर्ब हाराहारीमा थियो । पर्यटन चाहिँ सरकारले अंगीकार गरेको मुहार फेर्ने क्षेत्र भनियो । तर, बजेट चाहिँ १ अर्ब ६७ करोड पूर्वाधारका लागि छुट्याएको थियो । क्षेत्र पहिचान गर्ने तर बजेट विनियोजनमा कन्जुस्याइँ गर्ने । हरेक वर्ष कुनै एक क्षेत्र विकास हुनुपर्छ भनिन्छ ।

अहिले हाइवे यस्तो थोत्रो थाङ्नो भएको छ कि काठमाडौंमा चिल्ला सडक पार गरेर थानकोट पुगेपछि खाल्डै खाल्डा आउँछ । पूर्वाधार भएन नि त ! पूर्वाधारमा ठूलो लगानी चाहिन्छ । मलेसियामा सन् २००५ मा भिजिट मलेसिया परिकल्पना गरेर २००७ मा भिजिट मलेसिया २०११ घोषण गरियो । हाम्रो यहाँ घोषणा हुन्छ, पूर्वाधार बन्दैन । मलेसियाले २०११ का लागि २००७ मा घोषणा गरेको र त्यसबीचमा पूर्वाधार बनाएको थियो । अहिले मलेसियाको पूर्वाधार २००७ देखि २०११ सम्मको हो । त्यति वेला त्यहाँ कुल बजेटको ६० प्रतिशतभन्दा बढी विनियोजन भयो ।

राजनीतिमा कसैको भाग खोसिन्छ कि भन्ने डर पनि हुँदो रहेछ । छेकथुन पनि हुँदो रहेछ । ग्रुपिजम पनि हुन्छ । अलि अगाडि बढ्न लागे खुट्टा पनि तानिन्छ ।

 तपाईँले नेपालमा त्यही मलेसियन मोडल अपनाएर विकास गर्छु भन्न खोज्नुभएको हो ?

म संसद्मा निर्वाचन उन्मुख भएको तपाईँले देख्नुभएको छ । मैले आवाज उठाउने हो । आवाज उठाएको उठाए गर्दा एक दिन न एक दिन कुनै प्रधानमन्त्रीले यो इसु रिसिभ गर्लान् नि ! म कार्यान्वयन गर्ने पक्षमा पुगे भने गरौँला । नभए पनि कसैले क्यारी गरे हुन्छ ।

अहिले अधिकांश उम्मेदवारको प्राथमिकतामा विकास र समृद्धि जस्ता आर्थिक एजेण्डाहरु पर्न थालेका छन् । जब जितेर जान्छन् अनि सबै एजेण्डा ओझेलमा पर्छन् । कतै तपाईँले पनि अरू उम्मेदवारले जस्तै झूटको त्यो धर्म निभाउनुभएको त होइन ?

मैले संसद्मा टिकट नपाउने अवस्था हुँदा नै यो कुरा उठाएको हो । सांसदको दाबी गरेको २०७४ मा हो । अहिलेसम्म बोलेर अरूले नग¥या भएर मलाई पनि त्यही बास्केटमा राख्न मिल्छ र ! तर म गर्छु नै भनेर लागिपरेको मान्छे हो ।

अरूले गरेका पुराना प्रतिबद्धता पूरा नगरेकाले ममाथि पनि शंका गर्नु ठीक हो । तर, म धोका दिन्न । गफको घर बनाउँदिनँ ।

तपाईँकै पार्टीमा विकासका नारा लिएर संसद् छिर्ने थुप्रै छन् । तर, अहिलेसम्म के गरे तिनीहरूले भन्ने प्रश्न पनि छ नि त ?

मेरो पृष्ठभूमि राजनीति हो । म काठमाडौंमा रोजीरोटीका लागि होटेलमा ससाना काम गरेँ । त्यहीबाट सिकेँ । अनि साना उद्योग खोलेँ । कहाँ कहाँ कमजोर छ भन्ने देखेँ ।

तपाई पर्यटन व्यवसायको ख्यातिप्राप्त मानिस राजनीतिमा त्यही ख्याति पाए जस्तो लाग्छ ?

लाग्दैन । राजनीतिमा कसैको भाग खोसिन्छ कि भन्ने डर पनि हुँदो रहेछ । छेक थुन पनि हुँदो रहेछ । ग्रुपिजम पनि हुन्छ । अलि अगाडि बढ्न लागे खुट्टा पनि तानिन्छ । राजनीति खेल हो यहाँ जर्सी पनि च्यातिन्छ, खुट्टामा पनि हानिन्छ अनि ढाल्छन् । राजनीति र फुटबल उस्तै उस्तै लाग्छ मलाई । तर, मेरो प्रतिबद्धता के हो भने यतिकै बोल्नका लागि बोलेको होइन । मेरो पनि सीमा छन् । अरूले गरेका पुराना प्रतिबद्धता पूरा नगरेकाले ममाथि पनि शंका गर्नु ठीक हो । तर, म धोका दिन्न । गफको घर बनाउँदिनँ ।

संसद्मा जाँदै गर्दा पर्यटन व्यवसायीले तपाईँबाट के आस गर्ने ?

मलाई यसभित्र भएका नीति सुधार गर्नुपर्ने कुरा थाहा छ । १९५० तिर खम्बा गोरिल्लाको बेला भएको प्रतिबन्धित जोनमा अहिले पनि ओलङचुङ गोलादेखि गोरखाको लार्केसम्म विशेष अनुमति लिनुपर्ने अवस्था छ । त्यहाँका भूगोलका मानिस उद्धारमा वञ्चित छन् । हेलिकप्टर अनुमतिको पनि टड्कारो विषय छ । चीनमा निर्बाध रूपमा बेइजिङ सांघाई गएर त्यसपछि ट्रेन चढेर तिब्बत आउन सक्छ । तिब्बतलाई पश्चिमी पेनिट्रेसन भयो भनेर नेपालले छिमेकीलाई गर्न खोजेको सहयोगका आधारमा हाम्रो नेपालीलाई निर्बाध पर्यटक आवतजावत रोकिएको छ । हवाई क्षेत्र, पदयात्रा, निकुञ्जका समस्या छन् । त्यतातिर मेरो ध्यान हुनेछ ।

दाइरहेको युवाले टिकट लिन सक्छ भनेर पार्टीले नै निर्णय गरेको हो । प्रचण्डको सदिक्षा हुनसक्छ  । तर, आन्तरिक तयारी भएर दिएको होइन । त्यसो त मैले टिकट पाउनुमा मेरो सभापति शेरबहादुर देउवा र गठबन्धनको अर्को नेता मेरै जिल्लाको अर्को क्षेत्रको उम्मेदवार प्रचण्डको सदिक्षा हुन कुन ठूलो कुरा भयो र ।

चितवनबाट प्रचण्डलाई गोरखा लैजान तपाईँले सहयोग गरेको र प्रचण्डमार्फत नै आफ्नो टिकट सुरक्षित गरेको चर्चा छ , वास्तविकता के हो ?

उहाँलाई गोरखा लैजानभन्दा पनि भेटघाटमा गोरखा उपयुक्त हुन्छ भनेँ होला । अनि उहाँको कारणले टिकट सुनिश्चित भएको कुरा सँगसँगै जोडिएर आउनुले शंकाको आधार खडा भयो । उदाइरहेको युवाले टिकट लिन सक्छ भनेर पार्टीले नै निर्णय गरेको हो । प्रचण्डको सदिक्षा हुनसक्छ । तर, आन्तरिक तयारी भएर दिएको होइन । त्यसो त मैले टिकट पाउनुमा मेरो सभापति शेरबहादुर देउवा र गठबन्धनको अर्को नेता मेरै जिल्लाको अर्को क्षेत्रको उम्मेदवार प्रचण्डको सदिक्षा हुन कुन ठूलो कुरा भयो र ।

तपाई जुन क्षेत्रको उम्मेदवार हुनुहुन्छ त्यहाँ तपाईँकै प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेत मन्त्री पनि भइसक्नुभएको छ । उहाँले राम्रो काम गरेको भनिरहेका छन् । यस्तो अवस्थामा तपाईँलाई कतिको चुनौती छ ?

उहाँका राम्रा नराम्रा दुवै खालका चर्चा छन् । उहाँले प्रदेशको मन्त्री हुँदा बजेट आफ्नो क्षेत्रमा पारेर लैजान कोसिस गर्नुभएको होला । आफू सत्तामा हुँदा आफ्नो क्षेत्रमा बजेट खन्याउने काम स्वाभाविक रहेछ । यो परम्परागत चलन पनि हो । बैतडीमा लोकेन्द्रबहादुर चन्दले बजेट लैजानुभयो भनिन्थ्यो । धनकुटामा सूर्यबहादुर थापाले विकास गर्नुभयो भन्ने छ । ५ नम्बर प्रदेशमा विष्णु पौडेलले लैजानुभयो भन्ने छ । गोरखाको हकमा आचारसंहितालाई ध्यानमा राख्दै प्रतिस्पर्धीको बारेमा केही भन्न चाहन्न । त्रुटि त धेरै सुनिएको हो ।

म नीतिगत रूपमा गोरखाको अनुसन्धान गरेर अघि बढ्छु । बुढीगण्डी परियोजनाको क्षतिपूर्ति अझै पनि कम भएको छ भनिएको छ । लार्के ठोरी रोड, त्रिपक्षीय कनेक्टिभिटी, दिरौंदी करिडोर, गोरखकाली रबर उद्योग, गोरखा दरबार, मनकामना, मनास्लु जस्ता पर्यटन क्षेत्रको विकास गर्ने हो ।

तपाईँले टिकट पाउँदा तपाईँकै पार्टीका सिनियर नेता चीनकाजी श्रेष्ठले सार्वजनिक रूपमै विरोध गर्नुभएको थियो । जनता रोइरहेका छन् भनेर उहाँले टिकट नपाउँदा रुने जनताको आँशु पुछ्नु भयो ?

मैले त जीवनभर आँशु पुछिरहेको छु । सुत्केरी महिलाको उद्धार गरिरहेको हुन्छु । असक्षमको उपचार गरिरहेको हुन्छु । म कहिल्यै पनि सांसद थिएन । लाभको पदमा थिएन । को रोएको छ भन्ने कुरा मैले बुझेको छु । उहाँले को रोएको भन्न खोज्नुभएको हो उहाँलाई थाहा होला । रोएको मैले लाइभ देखेको पनि छैन ।

बैतडीमा लोकेन्द्रबहादुर चन्दले बजेट लैजानुभयो भनिन्थ्यो । धनकुटामा सूर्यबहादुर थापाले विकास गर्नुभयो भन्ने छ  । ५ नम्बर प्रदेशमा विष्णु पौडेलले लैजानुभयो भन्ने छ । गोरखाको हकमा आचारसंहितालाई ध्यानमा राख्दै प्रतिस्पर्धीको बारेमा केही भन्न चाहन्न ।

तपाईँको टिकटलाई लिएर पार्टीभित्रको असन्तुष्टि मत्थर भयो र ?

टेलिभिजनमा आएर बोल्दिएपछि असन्तुष्टि थियो भन्ने कुरा तपाईँले कसरी भन्न सक्नुहुन्छ ? कुनै नागरिकले कुनै मिडियामा आएर राजेन्द्रले टिकट पाउनुहुँदैनथ्यो, चीनकाजीले पाउनुपर्थ्यो । राजेन्द्रले टिकट पाएर सबै रोए । म पनि रोएको छु भनेका छन् ? टिकट नपाउने व्यक्तिले रोएका होलान् । कहिले ब्याक डोरबाट टिकट लग्यो भन्दिने, त्यसो त गर्नुहुँदैन नि ! उहाँ पार्टीको सम्भावना भएको नेता हो, उहाँको सम्मान पार्टीले गर्छ ।

गोरखा माओवादी जनयुद्धको उद्गमस्थल हो । त्यहाँ माओवादीकै कारण कति कांग्रेसीको मृत्यु पनि भएको छ । अहिले तपाईँहरूको गठबन्धन त्यही माओवादीसँग छ । यस्तो अवस्थामा तिनका परिवारले तपाईंहरुलाई नै भोट दिन्छन् त ?

राज्य पक्षबाट माओवादी पीडित छन् । माओवादीबाट कांग्रेस पीडित थिए । हतियार उठ्नु हुँदैन भन्ने पार्टीको मान्छे म । नेपाली कांग्रेसका साथीहरुको मतबाटै चितवन र गोरखामा माओवादीले जितिसकेको छ ।

म तटस्थ मान्छे हो । म नेपाली कांग्रेसको हो । राज्य पक्षबाट माओवादी पीडित छन् । माओवादीबाट कांग्रेस पीडित थिए । हतियार उठ्नु हुँदैन भन्ने पार्टीको मान्छे म । नेपाली कांग्रेसका साथीहरूको मतबाटै चितवन र गोरखामा माओवादीले जितिसकेको छ । बाबुराम पनि माओवादीकै थिए । गोरखाका कांग्रेसहरु सहिष्णु छन् । त्यही देखेर इमानदारीपूर्वक मतदान गर्छन् भन्ने हामीलाई विश्वास छ । प्रचण्ड विरुद्ध नै एक जना वृद्ध उम्मेदवार उठ्नुभएको छ । उहाँ २००७ सालको क्रान्तिको र प्रचण्ड २०६२÷६३ को क्रान्तिको मानिस हो । बुवाले स्वतन्त्र उम्मेदवार हाल्नुभएको छ । यसलाई बागी भन्ने कि स्वतन्त्र भन्ने ?

तपाईँ प्रतिनिधिसभामा पुग्नुभयो भने गोरखाले के पाउँछ ?

गोरखाको समग्र अध्ययन गर्छु । बुढी गण्डकीको शीरतिर जाने सडकको विस्तार र कनेक्टिभिटी, स्कुलहरु मर्जरमा गएका छन् । विद्यार्थी छैनन् । हरेक वर्ष विद्यालय खापिरहेको छ । एकीकृत बस्ती र श्रम पलायनको कुरा पनि छ । उत्तरी क्षेत्र जडीबुटीले महत्त्वपूर्ण कुरा भयो । ठोरीको नाका खुल्नासाथ कहिलेकाहीँ तराईमा हुने असन्तुष्टिमा काम लाग्छ । यसमा मरो पहल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर