पूर्वमन्त्री श्रेष्ठले ‘फ्री भिसा, फ्री टिकट’मा विदेश पठाइदिन्छु भनेपछि आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण
नेपाल प्रेस
२०७९ कार्तिक २ गते १८:४६
काठमाडौं । निर्वाचन आयोगले पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । बारा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका श्रेष्ठले फ्री भिसा फ्री टिकटमा विदेश पठाइदिने आश्वासन दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
उनले जनतालाई आश्वासन दिएको भिडिओ आयोगमा पुगेपछि स्पष्टीकरणको सामना गर्नुपरेको हो ।
आयोगले निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश भनेको छ ।
आयोगले बारा लगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी सोधेको छ ।
प्रतिक्रिया
One thought on “पूर्वमन्त्री श्रेष्ठले ‘फ्री भिसा, फ्री टिकट’मा विदेश पठाइदिन्छु भनेपछि आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण”
Leave a Reply
सम्बन्धित खवर
उम्मेदवारी खारेज होस् ।