नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित – Nepal Press

नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित

काठमाडौं ।नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३–१ ले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्र्तगत बुधबार सम्पन्न सुपर लिगको दोश्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे ।

नेपाली टिमका लागि तेश्रो बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले श्रीलंका विरुद्ध दुबै चरणका खेलमा लगातार व्यक्तिगत स्कोर गरेका हुन । आफुभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेन विरुद्ध लिग चरणको खेलमा बराबरीको नतिजा निकालेका सिंगेश्वर सुपर लिगमा जित हासिल गर्न सफल भए ।

नेपालका लागि पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली ईन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित भए । त्यसैगरी दोश्रो बोर्डको खेलमा नेपाली फिडेमास्टर विलमलाल श्रेष्ठले श्रीलंकाली फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोरे भने चौथो बोर्ड खेलमा राजेन्द्र बज्राचार्यले श्रीलंकाली लिसरा समाधिथ तेनाकुनसँग हार व्यहोरे ।

मंगलबारबाट शुरु भएको सुपर लिगको पहिलो खेलमा बंगलादेशलाई २–२ को बराबरीमा रोक्न सफल श्रीलंका टोली दुई खेलबाट ३ अंक जोड्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ । त्यसैगरी बंगलादेश १ अंकका साथ दोश्रो स्थानमा रहेको छ भने अंकविहिन नेपाल तेश्रो स्थानमा रहेको छ । सुपर लिगको तेश्रो खेलमा बिहिबार नेपालले बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशको नतिजाले च्याम्पियनशीपको विजेता टुंगो लगाउनेछ । नेपाल र बंगलादेश बिचको खेल बराबरीमा टुंगीए श्रीलंका च्याम्पियन हुनेछ । तीन ग्राण्डमास्टर तथा दुई ईन्टरनेशनलमास्टर सम्मिलित आयोजक बंगलादेशले यस अघि लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *