अदालतको आदेश महानगरलाई अमान्य, बालेनको नाम लिँदै बाङ्गेमुढाको त्वाःछेँमा फेरि डोजर चल्यो – Nepal Press

अदालतको आदेश महानगरलाई अमान्य, बालेनको नाम लिँदै बाङ्गेमुढाको त्वाःछेँमा फेरि डोजर चल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक नेवा सभ्यतामाथि आक्रमण गरेको भन्दै बाङ्गेमुढाका स्थानीय आन्दोलित भइरहेका बेला अदालतको आदेशविपरीत सामुदायिक भवन तोडफोड गरिएको छ ।

महानगरका मेयर बालेन शाहको आदेश भन्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि डोजर चलाएपछि नेवाः समुदाय आन्दोलनमा उत्रिएका थिए । पाण्डेले लिखित आदेशसमेत देखाउन सकेका थिएनन् ।

यसबीचमा स्थानीय अदालत गएकोमा उच्च अदालत पाटनले गत असोज २७ गते अन्तरिम आदेशमार्फत सामुदायिक भवन त्वाःछेँ भत्काउन वा सो भवनको संरचनामा क्षति पुग्ने कुनै पनि कार्य हुन नदिई भवनलाई यथास्थितिमा राख्न भनेको थियो ।

तर अदालतको आदेशविपरीत बिहीवार केही व्यक्तिले डोजरले आधा भत्काएको भवन तोडफोड गरेका छन् । महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष राजेश डंगोलको नेतृत्वमा गएको टोलीले मेयर बालेनको आदेश भन्दै भवन भत्काएको प्रत्यक्षदर्शीले बताएका छन् ।

वडाध्यक्ष डंगोलले आफूहरुलाई अदालतको आदेश नआएको बताएका छन् । स्थानीयले २०३४ सालमा सामुदायिक प्रयोजनका लागि सो भवन बनाएका थिए ।

यस्ताे थियाे अदालतकाे आदेश:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर