सात तस्बिरमा हेर्नुस् संखुवासभाको शिवधारा धाम – Nepal Press

सात तस्बिरमा हेर्नुस् संखुवासभाको शिवधारा धाम

संखुवासभा । संखुवासभाको मकालु हिमाल जाने बाटोमै भएको शिवधारा धाम एक विशाल पहरामा छ। याङ्ले खर्क अगाडिको भित्ता ढाकेर उभिएका दुई गुफा छन्, जसलाई शिव गुफा र पार्वती गुफा भनिन्छ ।

दुई गुफा चढ्न सजिलो छैन। सिधा उकालो पैदलमार्ग र फलामे डन्डी र साङ्लो समाउदै हिड्दा मात्रै यि गुफा पुगिन्छ । शिव गुफामा सुन्दर धारा झर्छ। जुन अत्यन्तै आकर्षक छ। सामान्यतया ३६ सय मिटर उचाईको याङ्ले खर्कमा बास बसेर भक्तालुहरु ६/७ घण्टामा यो ४३ सय मिटर माथिको क्षेत्रको भ्रमण सक्ने गर्छन् ।

जनैपूणिमामा खास भिड हुने शिवधारामा मौसम अनुकुल भएको सामान्य बेला नि आगन्तुकहरुले यात्रा गर्छन् । संखुवासभा सदरमुकाम खादबारीबाट नुमसम्म सवारी र त्यहाँबाट पैदलमार्ग हुँदै यो धाम पुगिन्छ । नुम-सेदुवा-टासीगाउँ-खोङ्मा-दोबाटो-फेमाताङ हुँदै याङ्ले खर्क भएर यो धाम पुग्न सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *