अतीतलाई बिर्सौं, प्रतिगमन रोक्न गठबन्धन कायम राखौं : रामचन्द्र पौडेल – Nepal Press

अतीतलाई बिर्सौं, प्रतिगमन रोक्न गठबन्धन कायम राखौं : रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्ता गठबन्धनका चुनावी कमाण्डर रामचन्द्र पौडेलले प्रतिगमनलाई रोक्न अहिलेको गठबन्धनले जित्नु पर्ने बताएका छन् ।

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले प्रतिगमनलाई रोक्ने मुख्य लक्ष्य आफूहरूको भएको बताएका हुन् ।

‘प्रतिगमनलाई परास्त गर्ने हो । हामी जित्नेभन्दा पनि प्रतिगमनलाई रोक्ने लक्ष्य हो’, उनले भने ।

गठबन्धनको दलहरूको मान्यता फरक भएपनि राष्ट्रको सवालमा एक भएकाले पार्टीका झगडा बिर्सनुपर्ने पौडेलले बताए । साझा मुद्दामा एक भएकाले अहिले अतीतलाई बिर्सेर भविष्य हेर्दै गठबन्धन कायम राख्नुपर्ने उनको तर्क थियो ।

‘दलहरूको मान्यता छन्, मान्यताभन्दा माथि उठेर राष्ट्रको सवालमा हामी एक छौं,’ पौडेलले भने, ‘पुराना कुरा सम्झने होइन, अतीत पन्छाएर भविष्य हेर्नुपर्छ । पार्टी-पार्टीका कुरा बिर्सौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर