देउवाले भने- जय नेपाल नि हामी लालसलाम नि हामी, गठबन्धनलाई जिताउन लाग्नुस् (भिडिओ) – Nepal Press

देउवाले भने- जय नेपाल नि हामी लालसलाम नि हामी, गठबन्धनलाई जिताउन लाग्नुस् (भिडिओ)

रूपन्देही । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका छन् ।

‘देशविरूद्व षड्यन्त्र गर्नेलाई परास्त गर्न यो गठबन्धन भएको हो, यसलाई परास्त गर्न अझै गठबन्धन जरूरी छ’, देउवाले भने । गठबन्धन भएकाले पार्टीमा सबै टिकट पाउन नसकेको बाध्यता बुझिदिन नेता कार्यकर्तालाई उनको आग्रह थियो । ‘गठबन्धनविरूद्व राजावादी जुटेका छन्, अझै उनीहरू राजावादी रे, हामी यो व्यवस्थाका लागि लड्ने अहिले उनीहरूले हामीलाई आरोप लाउने’,उनले भने, ‘अहिलेको व्यवस्था ल्याउन हामी लडेका हौ, जय नेपाल नि हामी हौं, लालसलाम नि हामी हौं, यो गठबन्धनलाई धेरै पछिसम्म लैजानु छ ।’

प्रधानमन्त्री देउवाले निर्वाचन पनि गठबन्धनले जित्ने र सरकार पनि गठबन्धनको बन्ने बताउँदै भने, ‘बुद्वभूमिमा उभिएर मैले भने यो गठबन्धन बलियो छ, ढुक्कसँग जिताउन लाग्नुहोस् ।’


प्रतिक्रिया

One thought on “देउवाले भने- जय नेपाल नि हामी लालसलाम नि हामी, गठबन्धनलाई जिताउन लाग्नुस् (भिडिओ)

  1. भ्रष्टाचारी नि हामी, विदेशीका दलाल नि हामी, श्रीमती, छोरी बुहारीका लागि मात्र राजनीति गर्ने नि हामी, कामै केही नगरी ओगटेर बस्ने नि हामी, लाज नभएका नि हामी, अदालत बिगार्ने नि हामी, भएभरकालाई मन्त्री बनाउने नि हामी …….. भन्दै जानुपर्य‍ो । पुगेन । गरेको महान काम नै छुट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर