प्रचण्डले भनेः गठबन्धनलाई भोट नहाले पाप लाग्छ – Nepal Press

प्रचण्डले भनेः गठबन्धनलाई भोट नहाले पाप लाग्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई भोट नहाले पाप लाग्ने टिप्पणी गरेका छन् ।

पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘हँसिया हथौडालाई रूखमा, रूखलाई हँसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए ।

‘स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर, सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’


प्रतिक्रिया

One thought on “प्रचण्डले भनेः गठबन्धनलाई भोट नहाले पाप लाग्छ

  1. यसरी जनतालाई व्ल्याकमेल गर्न पाईन्छ ? आचारसंहिताको धज्जी उडाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर