ओलीको टिप्पणी- लोकतन्त्रलाई परमादेश होइन जनादेशबाट चलाऔँ, परमादेशपछि अदालत सेटिङको अखडा भयो (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- लोकतन्त्रलाई परमादेश होइन जनादेशबाट चलाऔँ, परमादेशपछि अदालत सेटिङको अखडा भयो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताच्युत गर्न प्रयोग भएको सर्वोच्च अदालत त्यसपछि क्रमशः सेटिङको अखडामा परिणत भएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती भए पनि अब त्यस्तो दोहोरिन नहुने बताए ।

ओलीले भने–अदालतले संविधानका नाममा जे मन लाग्यो त्यही फैसला गर्छ । अदालतमा न्यायाधीशहरुले हडताल गरेर तमासा देखाउँछन् । प्रधान न्यायाधीशलाई कुर्सीमा बस्न दिइनन् । एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ । प्रधान न्यायाधीशलाई घरमा नजबरन्द गरिन्छ । अधिवक्ता र तीनका संस्थाले न्यायालयको हुर्मत लिन्छन् । यो भन्दा तमासा के हुन्छ ?

अध्यक्ष ओलीले राज्य शक्तिको आडमा सरकारले प्रधान न्यायाधीशलाई घरमा थुनेर आफन्तलाई घरबाट बाहिर निस्कँदा गिरफ्तार गरेको बताए । कानून हातमा लिने काममा न्यायाधीश र वकिलहरू नै लागेको उनको भनाइ थियो ।

ओलीले लोकतन्त्रलाई परमादेश होइन जनादेशमार्फत बलियो बनाउनुपर्ने र त्यसका लागि मंसिर ४ गते जनताले फैसला गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर