महानगरले हटायो न्यूरोडमा सजाएका फूलमाला – Nepal Press

महानगरले हटायो न्यूरोडमा सजाएका फूलमाला

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यूराेडमा तिहारका लागि सजाइएका फूलमालाहरु हटाएको छ । शनिबार न्यूरोडका सुन पसलहरुकाे गेटमा सजाएको फूलका मालाहरु आज बिहान महानगरले हटाएको हो ।

तिहारको समयमा समेत महानगरले पसलमा सजाइएको फूलमाला हटाएपछि न्यूरोडका व्यापारीहरु आक्रोसित भएका छन् । न्यूरोड असनका सुन पसलहरुले तिहारको अघिल्लो दिन विशेष तरिकाले आफना पसलहरु सजाएका थिए ।

महानगरले भने फुटपाथ ढाक्नेगरि फुलमाला सजाएको भन्दै हटाएको दावी गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बाटो नै ढाक्नेगरी राखिएको फुलका मालाहरु निकालिएको बताए ।

उनले भने,‘जसले फुटपाथ ढाकेर बाटो हिड्ने ठाउँमा राखेको छ नि । त्यस्तो ठाउँमा त्यो गर्न पाएन । जसरी भएपनि उसले विजनेश मोटिभमा गरेको हो नि त यहाँ सानो व्यापारीहरु भीडभाड हुन्छ भनेर बाहिर पसल नराख्ने अनि उनीहरु चाहिँ राख्न कहाँ पाइयो त ।’ उनले तिहारमा फुटपाथमा व्यापार गर्न नदिइने बताए ।

 

शनिबार न्युराेडमा सजाइएकाे गहनापसल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर