प्रचण्डको फेसबुक पेजबाट केहीबेरमै किन हटाइयो यो भिडिओ ? – Nepal Press

प्रचण्डको फेसबुक पेजबाट केहीबेरमै किन हटाइयो यो भिडिओ ?

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजमा निर्वाचन सम्बन्धी अपलोड भएको भिडियो केहिबेरमै हटाइएको छ ।

उक्त भिडियो अपलोड गर्दा शीर्षक राखिएको थियो- माओवादीका लागि मधेशः ‘गर्भ से कहुँ हम मधेशी छिको नारा’देखि मधेशको आफ्नै प्रदेश सरकारसम्म । भोजपुरी भाषामा तयार पारिएको उक्त भिडियोमा क्रान्तिकारीको समानान्तर कमिटी पवन कार्की समूहका प्रवक्ता उपदेश यादवले रोल प्ले गरेका हुन् ।

२ मिनेट ३४ सेकेण्डको उक्त भिडियो संगठनको विवादका कारण हटाउन दबाब परेको सो समूहका नेताको आशंका छ । तर यो भिडियो हटाउनुको पछाडि अन्य कारण पनि हुनसक्ने अनुमान छ ।

भिडियोमा ०४८ सालमा स्व. गजेन्द्र नारायण सिंहले काठमाडौंमा भाषण गर्दा विरोध भएको र पछि माओवादी युद्धकै कारण मधेशीको अधिकार र पहिचान स्थापित भएको देखाइएको छ । साथै माओवादी युद्धकै कारण मधेशीले राष्ट्रपति र मुख्यमन्त्रीसम्म बनेको व्याख्या भिडिओमा गरिएको छ ।

भिडिओ:

राष्ट्रपति र मुख्यमन्त्रीलाई पनि आफ्नै भनिएको छ । जबकी माओवादीले पहिलो राष्ट्रपतिको उम्मेदवार रामराजा प्रसाद सिंहलाई बनाएको थियो । मधेसमा मुख्यमन्त्री भने जसपाको लालबाबु राउत छन् । देशमा भएको राजनीतिक परिवर्तनमा मधेस आन्दोलन र जनआन्दोलनलाई भिडियोमा बेवास्ता गरिएको छ । जसले गर्दा भिडियो विवादित हुनसक्ने भनेर पनि पेजबाट हटाएको हुनसक्छ । प्रचण्डपुत्री गंगाको फेसबुक पेजमा भने यो भिडिओ अहिले पनि छ ।

 


प्रतिक्रिया

One thought on “प्रचण्डको फेसबुक पेजबाट केहीबेरमै किन हटाइयो यो भिडिओ ?

  1. यो प्रचण्ड भन्ने फटाहा मान्छे हुन उनलेे गौर हत्याकाण्ड को हिसाबकिताब खै जहा गयो त्यहीँ बिगार्ने मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर